आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्र बैंकको सम्पत्ति–दायित्व २६ खर्ब नाघ्यो, सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने निर्णय

राष्ट्र बैंकको सम्पत्ति–दायित्व २६ खर्ब नाघ्यो, सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने निर्णय

121

काठमाडौँ, १ मङ्सिर :  नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरिएको वार्षिक प्रतिवेदन अनुसार २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति २९.२३ प्रतिशतले विस्तार भएको छ।

राष्ट्र बैंकले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरेको र बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। प्रतिवेदनअनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन–लाभहानी समायोजन अघिको खुद् आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँमा पुगेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले वासलात, आय–व्यय लगायतका विवरण सहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र नेपाल सरकार समक्ष बुझाउनुपर्ने व्यवस्था छ। बैंकले सो व्यवस्था अनुसार प्रतिवेदन सरकार समक्ष बुझाइसकेको जनाएको छ।