आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभा निर्वाचनमा सेनालाई स्पष्ट कार्यादेशसहित खटाइने

प्रतिनिधिसभा निर्वाचनमा सेनालाई स्पष्ट कार्यादेशसहित खटाइने

92

काठमाडौँ, १ मङ्सिर :  सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनालाई स्पष्ट कार्यादेशसहित अगाडि बढाइने सुरक्षा रणनीति पास गरेको छ। नयाँ परिस्थितिमा हुने निर्वाचनलाई ध्यानमा राखी सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने ‘एकीकृत सुरक्षा योजना’ गृह मन्त्रालयले पारित गरेको हो।

यसपटक सेना अन्तिम घेरामा मात्र होइन, प्रत्यक्ष नेतृत्व भूमिकासहित सुरक्षा व्यवस्थापनमा खटाइनेछ। गृह मन्त्रालयका अनुसार सहायक रथीको नेतृत्वमा तयार भएको सुरक्षा कार्ययोजना केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन भइसकेको छ।

निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा संयन्त्रका सबै तहमा संयुक्त कमान्ड सेल, जोखिम मूल्यांकन, मतदानस्थल सुरक्षा, मतपत्र तथा सामग्री ढुवानीलगायत व्यवस्था समेटिएको छ। सुरक्षा संवेदनशीलता हेरी देशका क्षेत्रमा छुट्टाछुट्टै वर्गीकरण गरी सोहीअनुसार रणनीति लागू गरिने मन्त्रालयले जनाएको छ। सेना परिचालनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भइसकेको र निर्वाचन आयोगसँगको समन्वय पनि अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।