आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कास्कीमा आन्दोलनका बेला प्रहरीको हतियार लुटपाटमा संलग्न दुई जना पक्राउ

कास्कीमा आन्दोलनका बेला प्रहरीको हतियार लुटपाटमा संलग्न दुई जना पक्राउ

106

कास्की, १ मङ्सिर :  कास्की प्रहरीले गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हातहतियार लुटपाट प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ बस्ने ३१ वर्षीय श्यामबहादुर तामाङ र पोखरा–२ बस्ने २२ वर्षीय सागर राउत रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका तामाङ दुई वर्षअघि चोरी मुद्दामा पनि पक्राउ परेका व्यक्ति हुन्। उनीहरूको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग, काठको बटको भाग तथा दुई थान मोबाइल फोन बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

आन्दोलनकै बहानामा प्रहरी कार्यालयमा गरिएको तोडफोड, आगजनी र हातहतियार लुटपाटलाई कास्की प्रहरी अनुसन्धान गर्दै आएको थियो। सोही क्रममा संलग्न व्यक्तिहरूको पहिचान गर्दै दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी राखेको जनाएको छ।