आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गर्‍यो

प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गर्‍यो

96

काठमाडौँ, २८ कार्तिक –  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले कुल ७ अर्ब ५० करोड रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

उनका अनुसार स्वीकृत रकमसहित निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चित भएको छ। “निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,” भट्टराईले भने। उनका अनुसार आयोगले मागअनुसारको सबै रकम नपाए पनि सञ्चालनका लागि हाल स्वीकृत भएको रकम पर्याप्त हुने विश्वास लिइएको छ।

भट्टराईले आवश्यक परे सरकारबाट थप बजेटका लागि सहजीकरण गरिने पनि बताए। “हालका लागि ५ अर्ब रुपैयाँ स्वीकृत भएको छ, आवश्यकता परे भविष्यमा सरकारले थप स्रोत उपलब्ध गराउनेछ,” उनले बताए। निर्वाचन तयारी तीव्र गतिमा अघि बढिरहेको आयोगले जनाएको छ।