आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लैनचौरस्थित स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले निर्माण गरेका संरचनामा महानगरको डोजर

लैनचौरस्थित स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले निर्माण गरेका संरचनामा महानगरको डोजर

104

काठमाडौं, २७ कार्तिक — लैनचौरस्थित नेपाल स्काउटको जग्गामा नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

आज बिहान महानगर प्रहरीहरूको टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो। टोलीले स्काउटको जग्गामा बनाइएका संरचनाहरू भत्काएर हटाएको हो। खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर उनले लामो समयदेखि भाडा तिरेका थिएनन्।

यसअघि कार्तिक महिनामा स्काउटले सूचना जारी गर्दै बक्यौता भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। सो म्याद आज सकिएपछि स्काउटको अनुरोधमा महानगरले कारबाही अघि बढाएको हो। महानगरले सार्वजनिक सम्पत्तिको दुरुपयोग र अवैध रूपमा जग्गा प्रयोग गर्नेलाई कानूनी दायरामा ल्याइने चेतावनी पनि दिएको छ।