आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाली कांग्रेसले पार्टी कार्यालयहरू बन्द गर्ने, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने

नेपाली कांग्रेसले पार्टी कार्यालयहरू बन्द गर्ने, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने

123

काठमाडौं,२२ कार्तिक – नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै आइतबार तीनवटै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबारका लागि केन्द्र, प्रदेश र जिल्लास्थित पार्टी कार्यालयहरू बन्द राख्ने निर्णय गरेको हो। बैठकले स्वर्गीय आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकको निर्णयअनुसार शनिबारदेखि तीन दिनसम्म पार्टीका सबै कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। त्यस्तै, आलमको स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि निर्णय गरिएको छ।

पूर्वमन्त्री तथा कांग्रेस रौतहटका पूर्वसभापति मोहम्मद आफ्ताव आलमको शुक्रबार राति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। पार्टीले उनको निधनलाई अपूरणीय क्षति भन्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।