103
काठमाडौँ, १७ कार्तिक – राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान सवा नौ बजे कतार जादै छन्। उनी सेकेण्ड वर्ल्ड समिट फर डेभलपमेण्ट (Second World Summit for Development) शीर्षक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन कतारतर्फ प्रस्थान गर्न लागेका हुन्।
राष्ट्रपति पौडेलले उक्त कार्यक्रममा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विकाससम्बन्धी संस्थाका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले सम्मेलनको अवसरमा नेपालको विकास नीति, दिगो विकासका प्राथमिकता र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा आफ्नो विचार प्रस्तुत गर्नेछन्। उनको भ्रमण कार्तिक २० गतेसम्म रहनेछ।