125
वीरगंज, १६ कार्तिक: एन.पी.एल. समाज कल्याण संस्थाले वीरगंज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ। संस्थाका निर्देशक अरविन्द्र अमात्यले सेवामा सहजता ल्याउन सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।
त्यसैगरी, ब्रिटानिया नेपाल प्रा.लि.ले २० थान अफिस कुर्सी उपलब्ध गराएको छ। यसअघि सूर्य नेपाल प्रा.लि. र औषधि उत्पादक संघले पनि कम्प्युटर र प्रिन्टर सहयोग गरेका थिए।
भदौ २३–२४ गतेको आन्दोलनमा कार्यालय जलेपछि विभिन्न संघ–संस्था र व्यवसायीहरूले पुनः सञ्चालनका लागि सहयोग गर्दै आएका छन्। महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै सहयोगहरूले महानगर पुनः सञ्चालनमा हौसला थपेको बताए।