वीरगंज पर्सा, १५ कात्तिक —पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० स्थित गिता मन्दिर सडक छेउमा लागेको गहवामाई मेलामा गत असोज १४ गते राति करिब साढे ११ बजे को समयमा गोल्डेन भन्ने २० वर्षीय शिवम साह कानुको कुटपिट तथा चक्कु प्रहार गरी हत्या गरिएको घटनामा संलग्न तीन जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी जिल्ला अदालत पर्साको आदेशमा वीरगंज कारागार पर्सामा चलान गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका तिनै जनाले गोल्डेन को हत्या गरी फरार रहेका थिए।
पक्राउ भएर कारागार चलान भएकाहरु वीरगंज महानगरपालिका वाड न. २४, रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभम चौधरी र २२ वर्षीय ओम प्रसाद पटेल उर्फ ओमी पटेल रहेको पर्सा प्रहरीले जनाएको छ |
पक्राउ परेका तीनै जनालाई वीरगंज कारागार कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी पर्सा ले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो। प्रहरीले “खुनी दरिन्दे समूह ” नामक व्हाट्सएप समूह मार्फत योजनाबद्ध रूपमा घटनामा संलग्न भएको पाइएको जनाएको छ। यसबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बताउनु भएको छ।
