आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोड्ने चुनौती

नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोड्ने चुनौती

103

काठमाडौं, १२ कार्तिक – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोड्ने चुनौती दिएका छन्। बुधबार भएको केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्धको विद्रोह औचित्यपूर्ण भएको दाबी गर्दै भने, “विद्रोहको औचित्य थिएन भन्नेहरू केपी ओलीको सामु लम्पसार पर्न तयार भएका हुन्।”

वरिष्ठ नेता झलनाथ खनाललगायत केही नेताले विद्रोहको औचित्यबारे प्रश्न उठाएपछि नेपालले पार्टी खोलेको निर्णय सही रहेको र चुनौतीहरूको सामना गर्न तयार रहनुपर्ने बताएका हुन्।