आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

99

काठमाडौं, ११ कार्तिक —सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रदान गरिएको सम्पूर्ण सुरक्षा फिर्ता लिएको छ।

गृह मन्त्रालयका स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरिएको हो।

स्रोतका अनुसार, नेपाल भ्रष्टाचार अभियुक्त सूचीमा परेकाले यो निर्णय गरिएको हो। ‘भ्रष्टाचार अभियुक्त भएकाले उहाँको सुविधा कटौती गरिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यदि उहाँले फेरि निवेदन दिनुभयो भने सुरक्षा चुनौतीको मूल्यांकन गरेर आवश्यक निर्णय गर्न सकिनेछ।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएपछि अध्यक्ष नेपाल रिहा भएका थिए। विशेष अदालतका सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छोड्ने आदेश दिएको थियो।

यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रयोग गरिरहेका मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गरेको थियो।