आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिने

चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिने

115

काठमाडौँ, ११ कार्तिक :  बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज (मंगलबार) आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने क्रममा थप शक्तिशाली हुँदै गम्भीर चक्रवातमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ।

चक्रवातका कारण आन्ध्र प्रदेश, तमिलनाडु र ओडिशामा तेज हावा र भारी वर्षा हुने अनुमान गरिएको छ। हावाको गति प्रतिघण्टा ९०–१०० किलोमिटरसम्म पुग्ने विभागको भनाइ छ।

मौसमविद्हरूका अनुसार ‘मोन्था’को असर नेपालमा पनि देखिनेछ। बिहीबारतिर पूर्वी नेपालमा यस प्रणाली सक्रिय भई कोशी, मधेश र मध्य प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।