आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारमा चार नयाँ मन्त्री थप, आजै शपथ ग्रहण हुँदै

सरकारमा चार नयाँ मन्त्री थप, आजै शपथ ग्रहण हुँदै

111

काठमाडौँ, ९ कात्तिक २०८२ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज चार जना नयाँ मन्त्रीहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्न लागेको छ। उनीहरूको नाम टुंगो लागी सकेको छ र आजै शपथ ग्रहणको तयारी गरिएको स्रोतले जनाएको छ।

नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। सरकारका अनुसार मन्त्रालयको जिम्मेवारीमा डा. सुधा शर्मा गौतम — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनार — श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्ता — युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दीइएको जनाएको छ |

प्रधानमन्त्री कार्कीले चारै जनाको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय छिट्टै सार्वजनिक गर्ने जनाएको छ।