106
काठमाडौं, ८ कार्तिक — प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक गरेकी छन्। बैठकमा देशको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे छलफल भएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले केही समूहले प्रदर्शनको तयारी गरेको जानकारी आएको बताउँदै सबैलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।