आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News “कुनै आयोगले बोलाउँदा लुरुलुरु बयान दिन जाने म होइन”-केपी ओली

“कुनै आयोगले बोलाउँदा लुरुलुरु बयान दिन जाने म होइन”-केपी ओली

116

काठमाडौं, २ कार्तिक — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि आयोग वा निकायले बोलाउँदा सहजै बयान दिन नजाने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले कुनै पनि आयोगको दबाबमा परेर बयान दिने काम नगर्ने स्पष्ट पारेका हुन् ।

ओलीले भने, “केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसले जहाँ जहाँ बनाउँदै हिँड्छन्, जसले सोध्दै हिँड्छन्, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन ।”

उनले थपे, “म कुनै पनि बयानमा आफैंलाई धोका दिने काम गर्दिनँ ।”

हालका दिनमा विभिन्न आयोग र अनुसन्धान निकायहरूले नेताहरूलाई बयानका लागि बोलाउँदै आएका बेला ओलीको यो अभिव्यक्ति आएको हो । उनले आफ्नो कार्यशैली र राजनीतिक निर्णयप्रति आफू विश्वस्त रहेको बताउँदै अनावश्यक आरोप र भ्रम सृजना गर्न खोज्नेहरूप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

ओलीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीको वर्तमान अवस्था, आगामी राजनीतिक रणनीति र सरकारका गतिविधिबारे पनि आफ्नो धारणा राखेका थिए ।