106
वीरगञ्ज, २ कार्तिक — आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ प्रतितोला थियो। त्यसअनुसार आज सुनको मूल्यमा ४ हजार ८ सय रुपैयाँको गिरावट आएको हो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।