आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पथलैया नजिक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु

पथलैया नजिक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु

113

सिमरा,बारा २ कार्तिक — पथलैया नजिकै गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख बेदप्रकाश जोशीका अनुसार दुर्घटना गएराति करिब ११ बजे भएको हो। मृतकमध्ये एक जनाको पहिचान डुमरवाना नयाँबस्ती निवासी २० वर्षीय साजन तामाङका रूपमा खुलेको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।