आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगंजका एक युवकको मृत्यु

झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगंजका एक युवकको मृत्यु

136

वीरगञ्ज, १ कार्तिक — दिपावलीका तयारीका क्रममा वीरगञ्ज महानगरपालिका–१ बजार छपकैयामा शनिबार साँझ करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय लालु साह तेलीका १७ वर्षीय छोरा पीयूष साह रहेका छन्। वडा प्रहरी कार्यालय वीरताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साहले आफ्नै एक तल्ले घरमा दिपावलीका लागि झालरबत्ती जडान गर्ने क्रममा बिजुलीको करेन्ट लागेको हो।

धनतेरसका दिन साँझ करिब ६ बजे करेन्ट लागेपछि पीयूष अचेत अवस्थामा लडेका थिए। स्थानीयले उनलाई तुरुन्तै नारायणी अस्पताल पुर्‍याएका थिए, तर त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।