आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारले उपत्यका छोड्न रोक लगाएकोमा ओलीको आपत्ति, “देशको जुनसुकै ठाउँमा जान सक्छु”

सरकारले उपत्यका छोड्न रोक लगाएकोमा ओलीको आपत्ति, “देशको जुनसुकै ठाउँमा जान सक्छु”

120

काठमाडौं, १ कार्तिक — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं उपत्यका बाहिर जान नदिएको भन्दै सरकारप्रति तीव्र आपत्ति जनाएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने, “म नेपालकै नागरिक हुँ। देशको जुनसुकै स्थानमा जान सक्छु। रोकेर देखाउन् त सरकारले।” उनले सरकारले राजनीतिक क्रियाकलापमा अवरोध गर्न खोजेको आरोप समेत लगाए।

तिहार पर्वको सन्दर्भ जोड्दै ओलीले भने, “औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिन्छ। अहिले देशमा पनि अँध्यारो छाएको छ, यो अँध्यारोलाई पनि हामी उज्यालोले चिर्नुपर्छ।”

उनले वर्तमान राजनीतिक अवस्था, आर्थिक संकट र जनताको निराशाबारे पनि टिप्पणी गर्दै देशलाई स्थायित्व र समृद्धिको बाटोतर्फ फर्काउन एमाले प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा एमालेका शीर्ष नेताहरू, जनप्रतिनिधि, विभिन्न समन्वय समितिका सदस्य तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।