97
चितवन, १ कार्तिक — नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९, गाईघाटमा आज बिहान सातवटा सवारीसाधन एक आपसमा ठोक्किएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७ः१५ बजे तिर भएको उक्त दुर्घटनामा सवारीसाधनहरू आपसमा श्रृंखलाबद्ध रूपमा ठोक्किएका हुन्। दुर्घटनाको कारण भने अहिले सम्म स्पष्ट नभएको र घटनास्थलमा प्रहरीले उद्धार तथा ट्राफिक व्यवस्थापन कार्य भइरहेको बताइएको छ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले सडकमा अत्यधिक भीडभाड तथा बिहानको समयमा देखिने हुस्सुका कारण दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।