आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News उद्योग बाणिज्य संघको अध्यक्षमाथि भएको आक्रमणको छानबिन गरी दोषीलाइ कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

उद्योग बाणिज्य संघको अध्यक्षमाथि भएको आक्रमणको छानबिन गरी दोषीलाइ कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

133

जनकपुरधाम, १ कार्तिक — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

शनिबार बिहान कुटाइबाट घाइते भएका अध्यक्ष भण्डारीलाई अस्पताल पुगेर भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखसँग फोनमार्फत सम्पर्क गर्दै तत्काल छानबिन थाल्न र संलग्न प्रहरीमाथि आवश्यक कानुनी कारबाही गर्न आदेश दिएका हुन्।

मुख्यमन्त्री सोनलले व्यापारी तथा उद्योगीमाथि भएको ज्यादती अस्वीकार्य भएको बताउँदै यस घटनाले प्रदेश सरकारको शून्य सहिष्णुता नीतिलाई चुनौती दिएको बताएका छन्। उनले प्रदेश सरकार कानूनको शासन र नागरिकको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै निष्पक्ष छानबिन हुने विश्वास दिलाए।

घटनापछि जनकपुरका व्यापारी, उद्योगी र स्थानीयवासीहरूले दोषी प्रहरीलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन्।