आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बारामा लागूपदार्थसहित पर्साका एक व्यक्ति पक्राउ

बारामा लागूपदार्थसहित पर्साका एक व्यक्ति पक्राउ

155

वीरगन्ज, ३० असोज – बारामा प्रहरीले लागूपदार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला, पटेर्वा सुगौली गाउँपालिका–३ का ४२ वर्षीय रामाशंकर दास रहेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार दासलाई बिहीबार प्रसौनी गाउँपालिका–३, नौतन क्षेत्रबाट पक्राउ गरिएको हो। वीरगन्जबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका दासलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनको खल्तीबाट १९.७८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

पक्राउ परेका दासलाई हाल इलाका प्रहरी कार्यालय प्रसौनीकै हिरासतमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।