123
पर्सा, ३० असोज ।
पर्साको धोबनी गाउँपालिका–५ स्थित सडकछेउको नहरमा आज बिहान एक अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको छ।
स्थानीय बासिन्दाले बाटो हुँदै जाँदै गर्दा नहरमा एक युवक डुबेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई नहरबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार, शवलाई आवश्यक प्रक्रिया पूरा गरी नारायणी अस्पताल वीरगञ्जको शवगृहमा राखिएको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।