आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ ग्रहण गरे

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले शपथ ग्रहण गरे

116

३० असोज, जनकपुरधाम।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई एक विशेष समारोहबीच शपथ ग्रहण गराएकी हुन्। जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, सांसदहरू तथा राजनीतिक दलका नेताहरूको उपस्थिती रहेको थियो।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल बुधबार साँझ पाँच दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि बिहीबार उनले पदभार ग्रहण गर्दै औपचारिक रूपमा सरकार सञ्चालनको जिम्मेवारी सम्हालेका हुन्।

शपथपछि मुख्यमन्त्री सोनलले प्रदेशको विकास, सुशासन र नागरिक सेवा वितरणमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, “मधेश प्रदेशलाई राजनीतिक स्थायित्व र आर्थिक प्रगतिका दिशामा अघि बढाउनेछु।”

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ भने पुरानो सरकारको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ।