आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वसभामुख रानाभाटले २६ वर्षसम्म गाडी, पेट्रोल र अन्य सुविधा उपयोग गरे

पूर्वसभामुख रानाभाटले २६ वर्षसम्म गाडी, पेट्रोल र अन्य सुविधा उपयोग गरे

147

३० असोज, काठमाडौं।

पूर्वसभामुख तारानाथ रानाभाटले सभामुखको जिम्मेवारी समाप्त भएको २६ वर्षपछि मात्रै आफूसँग रहेको सरकारी गाडी फिर्ता गरेका छन्। उनले हिजो मात्र उक्त गाडी संसद सचिवालयमा बुझाएका हुन्।

रानाभाटले २०५६ सालमा सभामुख बनेका थिए। त्यसपछि पदावधि सकिए पनि उनले लामो समयसम्म सरकारी गाडी, पेट्रोल र अन्य सुविधा निरन्तर प्रयोग गर्दै आएको स्रोतले जनाएको छ।

सरकारी नियम अनुसार पदावधि समाप्त भएपछि पूर्व पदाधिकारीले केही समयसम्म मात्र सुविधा पाउने व्यवस्था छ। तर रानाभाटले २६ वर्षसम्म सरकारी स्रोतको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

स्रोतका अनुसार, यदि २६ वर्षको अवधिमा गाडी, इन्धन, चालक, मर्मत र बीमा लगायतका खर्चहरू गणना गर्दा करिब करोडौं रुपैयाँ बराबरको जनताको करको रकम खर्च भएको अनुमान गरिएको छ।

संसद सचिवालयका एक अधिकारीले बताए, “अहिले मात्र गाडी बुझाइएको हो। यो लामो समयसम्म सरकारी सम्पत्तिको व्यक्तिगत प्रयोगको एउटा दुर्भाग्यपूर्ण उदाहरण हो।” गैरकानूनी रुपमा सुविधा गैरकानुनी रूपमा उपभोग गर्ने चलन फेरि एकपटक सार्वजनिक चर्चा र आलोचनाको विषय बनेको छ।