आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री सुशीला कार्कीको नाममा २६ वटा फेक अकाउन्ट, प्रहरीको अनुसन्धान तीव्र

प्रधानमन्त्री सुशीला कार्कीको नाममा २६ वटा फेक अकाउन्ट, प्रहरीको अनुसन्धान तीव्र

139

३० असोज, काठमाडौं ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक (नक्कली) अकाउन्ट खोल्ने विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।

हालसम्म कार्कीको नाममा फेसबुकसहित विभिन्न सामाजिक सञ्जालमा २६ वटा नक्कली अकाउन्ट सञ्चालनमा रहेको पाइएको प्रहरीले जनाएको छ। ती अकाउन्ट मार्फत विभिन्न सूचनाहरू सम्प्रेषण भइरहेकाले प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती सबै अकाउन्ट नक्कली रहेको स्पष्ट गरेको थियो।

यस घटनापछि केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीका अनुसार केही व्यक्तिलाई कार्यालयमा बोलाएर सोधपुछ सुरु गरिएको छ, यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

प्रहरीले ती नक्कली अकाउन्टहरू बन्द गर्ने प्रक्रिया पनि सुरु गरेको जनाएको छ। प्रवक्ता अवस्थीले भने, “प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा रहेका व्यक्तिको नाममा फेक अकाउन्ट सञ्चालन गर्नु गम्भीर साइबर अपराध हो। यसबारे गहिरो अनुसन्धान भइरहेको छ।”