आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता सुरु

जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता सुरु

190

वीरगंज, २८ असोज –  शुभ दीपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि आलमले खेलप्रतिको उत्साह देखेर खुशी व्यक्त गर्दै स्थानीय जनताप्रति धन्यवाद ज्ञापन गरे। उनले भने,

“म बाल्यकालदेखि नै क्रिकेट खेलमा रुचि राख्थें र बॉलरको रूपमा पनि खेल्थें। क्रिकेटले शारीरिक र मानसिक रूपमा बलियो बनाउँछ। नेपालले टि–२० विश्व छनोटमा आफ्नो स्थान सुरक्षित गरेकोमा गर्व छ, र म चाहन्छु आगामी दिनमा यही गाउँका खेलाडीहरूलाई पनि राष्ट्रिय टिममा खेल्न देख्न पाइयोस्।”

उप–प्रमुख आलमले फिता काटेर प्रतियोगिताको औपचारिक शुभारम्भ गरे।कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, गाउँपालिकाकी उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, स्थानीय खेलप्रेमी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्रिकेट प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टिमहरूले सहभागिता जनाइरहेका छन्। आयोजक समितिका अनुसार प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू पहिचान गरी भविष्यमा जिल्लास्तर र राष्ट्रियस्तरमा अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।