आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सन्दीप लामिछानेको पाँच विकेटमा नेपालको रोमाञ्चक जित

सन्दीप लामिछानेको पाँच विकेटमा नेपालको रोमाञ्चक जित

111

काठमाडौं,२८ असोज —सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारमाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ५८ रनको अर्धशतकीय पारी खेले। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन र गुल्शन झाले ८ बलमा १६ रनको छिटो पारी खेले।

बलिङतर्फ कतारका कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट हात पारे। लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १४२ रनमै समेटियो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए। तर, अन्य ब्याटरहरूले खास प्रदर्शन गर्न नसक्दा कतार पराजित हुन पुग्यो।

नेपालका तर्फबाट सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा ५ विकेट लिए। उनले खेलको महत्वपूर्ण क्षणमा लगातार विकेट निकाल्दै नेपाललाई जितको बाटोमा फर्काए। नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। थप रूपमा, दीपेन्द्र र आदिलले रनआउट गर्दै खेलमा नाटकीय मोड ल्याएका थिए।

एक समय सहज जिततर्फ बढेको कतार अन्ततः नेपालको सशक्त पुनरागमनसँगै ५ रनले हार्न बाध्य भयो। यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो। यस जितसँगै नेपाल फाइनल चरणतर्फ एक कदम नजिक पुगेको छ।