127
धादिङ, २६ असोज —धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ खटौतीमा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट प्रहरीले २१९ केजी गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार बीआर–०१–जीबी–८६५३ नम्बरको उक्त ट्रकको क्याबिन पछाडिको ढालामा फल्स बटन बनाएर रातो प्लास्टिकमा बेरेर ३० पोकामा लुकाइएका अवस्थामा गाँजा फेला परेको हो।
गोप्य सूचनाका आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले ट्रकको चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सो ट्रकसँगै रहेका दुई जनालाई नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।