126
काठमाडौं, २६ असोज —पूर्वसभामुख कृष्णबहादुर महरा आज आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ परेका छन्। महरामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेप (vape) भित्र्याई ९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ।
२०७९ पुसमा चिनियाँ नागरिक ली हानसङले ल्याएको दुई सुटकेशभित्र ७३० थान भेपमार्फत ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन लुकाइएको थियो। सो सुन भन्सारका केही अधिकारी र महराको मिलेमतोमा छुटाउन प्रयास गरिएको सीआईबीको अनुसन्धानमा खुलेको छ।
यसअघि महराका छोरा राहुल महरा सोही मुद्दामा पक्राउ परेर कारागार चलान भइसकेका छन्।