आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्रपति पौडेल र जेनजी टोलीबीच शीतल निवासमा वार्ता सुरु

राष्ट्रपति पौडेल र जेनजी टोलीबीच शीतल निवासमा वार्ता सुरु

128

काठमाडौँ, २५ असोज — राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी प्रतिनिधि टोलीको वार्ता शीतल निवासमा सुरु भएको छ। केही ढिलाइपछि सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरूसँग छलफल भइरहेको छ।

राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री कार्की सहितका मन्त्रीहरूलाई उपस्थित रहन निर्देशन दिएका थिए। त्यसपछि जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेका हुन्।

सुरुवाती तयारीअनुसार वार्तामा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय गरिएको भए पनि अन्ततः संख्या बढेर २० भन्दा बढी पुगेको छ। एक जेनजी अगुवाका अनुसार, टोलीले वार्तामा आफ्नो माग र प्रस्तावहरू प्रस्तुत गर्नेछ।

बैठकमा जेनजी पक्षका प्रमुख मागहरूबारे विस्तृत छलफल हुने बताइएको छ। शीतल निवास स्रोतका अनुसार, दुवै पक्षबीच सकारात्मक वातावरणमा वार्ता अघि बढिरहेको छ।

यसअघि जेनजी समूहले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको थियो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पक्षबीच संवादका माध्यमबाट समाधान खोज्ने तयारीमा छन्।