आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News चार जना नयाँ जेनजी मन्त्री बन्दै,सोमबार शपथ लिने

चार जना नयाँ जेनजी मन्त्री बन्दै,सोमबार शपथ लिने

113

काठमाडौँ २५ असोज। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार आगामी सोमबारसम्म शपथग्रहण हुनेगरी चार जना नयाँ मन्त्री नियुक्त हुने तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार साँझ प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जेनजी समुदायको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने व्यक्तिहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् ।

प्रधानमन्त्री कार्कीले गठन गर्न लागेको नयाँ मन्त्रिपरिषद् विस्तारमा —गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जनाएको छ ।