156
काठमाडौं, असोज २४ — नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार तीन जना डीआईजीको सरुवा भएको हो।
गृहमन्त्रालयले जारी गरेको सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीआईजी गोविन्द थपलियालाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी ओमबहादुर रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
तेस्रो डीआईजीको सरुवासमेत सोही निर्णयअनुसार गरिएको बताइए पनि उनको नाम सार्वजनिक गरिएको छैन।