आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News हेटौँडामा २० लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना पक्राउ

हेटौँडामा २० लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना पक्राउ

157

मकवानपुर, असोज २४ — चाडपर्व नजिकिँदै जाँदा अवैध रूपमा देशका विभिन्न सहरहरूमा पठाउन तयारी गरिएको ठूलो मात्राको पटाका मकवानपुर प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान हेटौँडा–१५ रातोमाटेमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा २० लाख रुपैयाँ बराबरको पटाका सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार वीरगंजबाट हेटौँडा आइरहेको मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बरको योद्धा गाडीमा पटाका लुकाइराखिएको अवस्थामा फेला परेको हो। पक्राउ परेका व्यक्तिहरूमा रौतहट, वृन्दावन–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र गरुडा–४ का ३१ वर्षीय विजय साह रहेका छन्।

डिएसपी पुष्कर बोगटीका अनुसार, गाडीको थप खानतलासी गर्दा राजस्व नतिरेको १४ लाख रुपैयाँ बराबरको कपडा समेत बरामद गरिएको छ। प्रहरीले उक्त गाडी, बरामद पटाका र कपडालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि नियन्त्रणमा राखेको जनाएको छ।