121
काठमाडौँ, २३ असोज – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थासम्बन्धी विभिन्न एजेन्डा छलफलका लागि प्रस्तुत गरिएको छ।
बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आन्तरिक सुरक्षा अवस्था र ताजा घटनाक्रमबारे जानकारी लिन विभिन्न सुरक्षा निकायका प्रमुखसँग परामर्श गरेका थिए। मन्त्रिपरिषद् बैठकले सुरक्षा व्यवस्थासँग सम्बन्धित निर्णयका साथै सरकारका अन्य नीति–निर्णयमा आवश्यक निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ।