आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओलीको आरोप : “संविधान अनुसार नभई बलमिच्याँइले बनेको हो वर्तमान सरकार”

ओलीको आरोप : “संविधान अनुसार नभई बलमिच्याँइले बनेको हो वर्तमान सरकार”

104

काठमाडौँ, २३ असोज – नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभई बलमिच्याँइले बनेको आरोप लगाएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीले शर्तसहित मात्र शपथ लिएको दाबी गर्दै वर्तमान राजनीतिक अवस्था असामान्य र असंवैधानिक रहेको बताए।

ओलीका अनुसार कार्कीले प्रधानमन्त्री बन्नका लागि संसद् तुरुन्तै भंग गर्ने सर्त राखेकी थिइन् र संसद् नभंग भए देशमा जेनजीले आगो बाल्ने चेतावनी समेत दिएकी थिइन्। उनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीशले कुनै पनि सरकारी पदमा बस्न नपाउने संवैधानिक सिद्धान्त रहेको भन्दै कार्कीको नियुक्ति नै असंवैधानिक भएको जिकिर गरे। साथै, उनले यस्तो कदमले न्याय, संविधान र लोकतान्त्रिक परम्पराको उल्लङ्घन भएको भन्दै एमालेले यसको विरोधमा आवश्यक राजनीतिक कदम चाल्ने चेतावनी पनि दिएका छन्।