आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेकपा एमालेका महेश बस्नेत साइबर ब्युरोमा बयानका लागि उपस्थित

नेकपा एमालेका महेश बस्नेत साइबर ब्युरोमा बयानका लागि उपस्थित

145

काठमाडौँ, २२ असोज — साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत बुधबार बिहान नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीमा बयानका लागि उपस्थित भएका छन्।

ब्युरो स्रोतका अनुसार बस्नेतसँग अहिले बयान लिइने कार्य भइरहेको छ। उनीविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दर्ता गराएकी थिइन्। तर, प्रारम्भिक चरणमा अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले प्रहरीले थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। त्यही निर्देशनअनुसार साइबर ब्युरोले बस्नेतलाई उपस्थित हुन आग्रह गरेको र त्यसको पालना गर्दै उनी बुधबार बिहान ब्युरो पुगेका हुन्। स्रोतका अनुसार, बस्नेतसँग आवश्यक कागजातसहित विस्तृत रूपमा सोधपुछ भइरहेको छ। यस प्रकरणमा प्रहरीले बयानपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

यसअघि पनि बस्नेत सामाजिक सञ्जालमा गरिएको गतिविधिसम्बन्धी विभिन्न विवादमा परेका थिए। अहिलेको उजुरी साइबर क्राइमसम्बन्धी प्रावधान अन्तर्गत दर्ता गरिएको हो। प्रहरीका अनुसार, अनुसन्धान पूरा भएपछि यो प्रकरणको निष्कर्ष सार्वजनिक गरिनेछ।