आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गोल्डेन हत्या प्रकरणमा पकाहा मैनपुरका गिरी पक्राउ

गोल्डेन हत्या प्रकरणमा पकाहा मैनपुरका गिरी पक्राउ

184

वीरगन्ज, २१ असोज – वीरगन्जको दशैं मेलामा अष्टमीको राति भएको कुटपिटमा २० वर्षीय शिवम कुमार साह (गोल्डेन) को हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का थप एक सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर–१ धोरेका १६ वर्षीय अंशु गिरी रहेका छन्। घटना लगत्तै भारत फरार भएका गिरीलाई प्रहरीले मंगलबार भारतबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो |

असोज १४ गते राति ११:३० बजे वीरगन्ज–१० गीतामन्दिर रोडमा दुई समूहबीच भएको झगडामा गोल्डेनको मृत्यु भएको थियो। अनुसन्धानका क्रममा हत्यामा ‘खुनी दरिन्दे समुह’ नामको ह्वाट्सएप ग्रुपका सदस्यहरूको संलग्नता रहेको खुलेको प्रहरी उपरीक्षक सुदीपराज पाठकले जनाएका छन्।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी राखेको जनाएको छ।