आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रोशी खोलाले बगाउँदा काभ्रेमी एक महिलाको मृत्यु

रोशी खोलाले बगाउँदा काभ्रेमी एक महिलाको मृत्यु

141

काभ्रेपलाञ्चोक २० असोज:  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ की एक महिलाको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, खोलाले बगाएर मृत्यु हुने महिला ५७ वर्षीया ल्होमो तामाङ हुन्।

प्रहरीका अनुसार तामाङ सोमबार बिहान रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाएको छ की छैन भने हेर्न गएकी थिइन्। तर, खेत हेर्ने क्रममा खोला तर्ने प्रयास गर्दा आकस्मिक रूपमा खोलाको बाढीले उनलाई बगाएको थियो।

स्थानीयबासी र प्रहरी टोलीले खोजतलास गर्दा केही समयपछि उनको शव खोलाबाट फेला परेको प्रहरीले जनाएको छ।