आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गहवामाई मन्दिर नजिक सडकपेटीमा एक वृद्ध मृत फेला

गहवामाई मन्दिर नजिक सडकपेटीमा एक वृद्ध मृत फेला

129

वीरगन्ज, १९ असोज । वीरगन्जको गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार बिहान एक जना वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। मन्दिर परिसरमा वर्षौंदेखि भीख माग्दै बस्दै आएका वीरगन्ज महानगरपालिका वडा नम्बर १६, नगवाका अन्दाजी ६५ वर्षीय हरिहर प्रसाद सोनारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार मृतक सोनारको मृत्युको कारण हालसम्म निश्चित हुन सकेको छैन। तर, अविरल वर्षाका कारण रुझेर बिरामी परेका र चिसोले कठ्यांग्रीएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ। अस्पतालबाट प्राप्त प्रतिवेदनपछि मात्रै मृत्युको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ।

स्थानिय बासिन्दाले मन्दिर वरिपरि लामो समयदेखि भीख माग्दै बस्दै आएका सोनारलाई शनिबारसम्म सामान्य अवस्थामा देखिएको बताएका छन्। आइतबार बिहान उनको मृत शरीर सडकपेटीमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।