आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गृहमन्त्री अर्यालद्वारा विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

गृहमन्त्री अर्यालद्वारा विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

161

काठमाडौं १७ असोज। गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नुका साथै विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन पनि अवलोकन गरे।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीले सीमित स्रोतसाधन र तालिमको कमी हुँदाहुँदै पनि विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। उनले जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरणका लागि तत्काल परिचालन हुन सक्ने गरी उच्च मनोबलका साथ सधैं तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।

यस अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए।