आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आश्विन शुक्ल नवमीका दिन सिद्धिदात्री देवीको पूजा गरिदै

आश्विन शुक्ल नवमीका दिन सिद्धिदात्री देवीको पूजा गरिदै

121

वीरगंज, १५ असोज । आश्विन शुक्ल नवमीका दिन आज देशभरका दशैँघर तथा पूजा स्थलहरूमा नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष नवरात्रको अन्तिम दिनमा सिद्धिदात्री देवीको स्मरण र आराधना गर्ने वैदिक सनातनी परम्परा अनुसार आज भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ पूजा गरेका छन्।

धार्मिक विश्वास अनुसार सिद्धिदात्री देवीले भक्तलाई सिद्धि र सिद्धान्त प्रदान गर्ने भएकाले उहाँको पूजा गर्नाले आस्था, शक्ति र ज्ञान प्राप्त हुने मान्यता छ। दशैँ पर्वमा नवदुर्गाको नौ दिनसम्म विधिपूर्वक पूजा गर्ने प्रचलन रहिआएको छ, जसअनुसार आजको दिनले नवरात्रको औपचारिक समापनको दिनलाई समेत जनाउँछ।

देशका विभिन्न मन्दिर र शक्तिपीठहरूमा भक्तजनहरु बिहानैदेखि पूजाआजा, भजनकीर्तन र विशेष पूजापाट गरिरहेका छन्। भक्तजनहरूले घरघरमा दसैंघर तथा देवालयमा दुर्गा सप्तशतीको पाठ, आरती र बलि समेत गरेका छन्।

धार्मिक पण्डितहरूको भनाइ अनुसार, आश्विन शुक्ल नवमीका दिन गरिएको सिद्धिदात्री देवीको पूजा आराधनाले सम्पूर्ण नौ दुर्गाको दर्शन, आशीर्वाद र ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ।