आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंजमा ग्याङ फाइट : एक जनाको मृत्यु

वीरगंजमा ग्याङ फाइट : एक जनाको मृत्यु

176

वीरगंज, १५ असोज – वीरगंजको माईस्थान र घडिअर्वा पोखरीबीचको क्षेत्रमा मंगलबार राति भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, गहवामाइ मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच विवाद भई हानाहान भएको थियो। सो क्रममा करिब २० वर्षीय गोल्डेन नामक युवक घाइते भएका थिए। उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले गितामन्दिर रोडलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक चरणमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र अन्यलाई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।