आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सामा सशस्त्र प्रहरीद्वारा ९ किलोभन्दा बढी चरेश बरामद, एक भारतीय नागरिक पक्राउ

पर्सामा सशस्त्र प्रहरीद्वारा ९ किलोभन्दा बढी चरेश बरामद, एक भारतीय नागरिक पक्राउ

146

भिष्वा १३ असोज।  सशस्त्र प्रहरीले पर्सा जिल्लामा ठूलो परिमाणको चरेश बरामद गरेको छ। सोमबार साँझ करिब ६ बजे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको मोबाइल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा चेकजाँच गर्ने क्रममा चरेश फेला पारेको हो।

स.प्र.स.नि. नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको टोलीले BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकल (इन्जिन नं. JO36E-9208449, च्यासिस नं. ME4JC366E8811828) मा फल्स बटम बनाई भारततर्फ लुकाइछिपाइ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको जनाएको छ। बरामद चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको हो।

घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरिएको छ। उनको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद चरेश र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।