आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News फूलपातीको दिन वीरगंजमा भव्य मेला, वर्षाले केही समय प्रभावित

फूलपातीको दिन वीरगंजमा भव्य मेला, वर्षाले केही समय प्रभावित

121

वीरगंज, १३ असोज । दशैँको सातौँ दिन अर्थात् फूलपातीको अवसरमा वीरगंजमा आज भव्य मेला लागेको छ। शहरका विभिन्न स्थानहरूमा बिहानैदेखि पूजाआजा, सांस्कृतिक कार्यक्रम र भीडभाडसहित उल्लासपूर्ण वातावरण बनेको थियो।

तर साझपख केही बेर परेको वर्षाका कारण मेलामा अवरोध सिर्जना भएको थियो। पानीसँगै हावा चलेपछि मेलामा उपस्थित सर्वसाधारण असुविधामा परेका थिए। वर्षा रोकिएलगत्तै फेरि चहलपहल सुरु भएको छ।

वीरगंजको घण्टाघर, आदर्शनगर, श्रीपुर लगायतका क्षेत्रमा मेलामा सहभागीको ठूलो भीड लागेको छ। परम्परागत परिकार, कपडा, सजावटी सामग्री, खेलौना र झूला मेलाको आकर्षण बनेका छन्।

सुरक्षालाई ध्यान दिँदै प्रहरी प्रशासनले मुख्य चोक र मेलास्थलमा प्रहरी तैनाथ गरेको छ। स्थानीयवासीहरूका अनुसार वर्षाको कारण केही समय अवरोध भए पनि मेलाको रौनक भने फेरि यथावत् बनेको छ।