आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंजको गहवा माई मन्दिरमा फूलपाती विशेष समारोह भव्य तयारी

वीरगंजको गहवा माई मन्दिरमा फूलपाती विशेष समारोह भव्य तयारी

154

वीरगंज, १२ असोज :  नेपालकै प्रसिद्ध शक्ति पीठ वीरगंजको गहवा माई मन्दिरमा यस वर्ष पनि फूलपाती विशेष समारोह भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।
मालपोत कार्यालयस्थित निशान भगवती मन्दिरबाट डोला, बाजागाजासहित फूलपाती गहवा माईमा भित्र्याइने छ । यो मात्र परम्परा नभई वीरगंजको गौरव, सांस्कृतिक धरोहर र आस्थाको साझा उत्सवका रूपमा लिइने गरिन्छ। भोलि सोमवार फूलपातीको शुभ दिन रहेको छ |

यस वर्षको फूलपाती कार्यक्रमको मूल आयोजक वीरगंज महानगरपालिका रहेको छ। साथै, श्री गहवामाई तिर्थ क्षेत्र विकास समिति, गहवा युवा क्लब, न्यू टाइगर क्लब, माईस्थान युवा क्लब र वीरगंज स्प्रिट क्लबले सहआयोजनामा जिम्मेवारी सम्हालेका छन्।

आयोजक समितिका अनुसार, सबैको हातेमालो र सहभागितामार्फत यस वर्षको फूलपातीलाई अझ भव्य र ऐतिहासिक बनाउन विशेष तयारी गरिएको छ। समारोहमा बाजागाजा, सांस्कृतिक कार्यक्रम र भक्तजनको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।