आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

118

काठमाडौं, १२  असोज । जेनजी आन्दोलनसम्बन्धी छानबिन अघि बढिरहेका बेला आयोगले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ।

आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत आयोगको निगरानीमा राखिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरू सो पदमा बहाल रहेका थिए। आन्दोलनमा करिब ७५ जनाको मृत्यु हुनुका साथै ठूलो धनजनको क्षति भएको थियो। सोही घटनापछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए र जेनजी समूहकै मागअनुसार नयाँ सरकार बनेको थियो।

आयोगले अनुसन्धानका क्रममा जसलाई पनि उपस्थित हुनुपर्ने अवस्था आउने भएकाले विदेश भ्रमण मात्र नभई उपत्यका बाहिर जान पनि रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ।

जेनजी समूहले समेत सो पाँच जनालाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरेपछि आयोगले उक्त निर्णयलाई औपचारिकता दिएको हो।