142
वीरगंज, ११ असोज । जेन जी आन्दोलनका क्रममा भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएपछि दैनिक प्रशासनिक कार्य प्रभावित बनेको अवस्थामा वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप र प्रिन्टर सहयोग गरेको छ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवनसहित सम्पूर्ण उपकरण नष्ट भएपछि कार्य सञ्चालनमा समस्या उत्पन्न भएको थियो।
सोही पृष्ठभूमिमा सूर्या नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई हस्तान्तरण गरेको हो।