आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रदेश संरचना खारेज गर्ने सम्भावना छैन- अर्थमन्त्री खनाल

प्रदेश संरचना खारेज गर्ने सम्भावना छैन- अर्थमन्त्री खनाल

121

विराटनगर, ८ असोज — अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेको बताउँदै प्रदेश खारेज गर्ने सोच सरकारमा नरहेको जनाए ।

एक प्रश्नको जवाफमा उनले अहिलेको अवस्थामा एक हजार र पाँच सय रुपैयाँको नोट प्रतिबन्ध लगाउने विषयमा पनि कुनै छलफल नभएको जानकारी दिए ।

त्यस्तै भारतले लागू गरेको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ (GST) को असरबारे अध्ययन भइरहेको उल्लेख गर्दै मन्त्री खनालले उद्योग व्यवसाय तथा औद्योगिक प्रतिष्ठानमा नकारात्मक असर परे सुधार गर्ने तयारी सरकारको रहेको जानकारी दिए ।