133
वीरगन्ज, ७ असोज। पर्साको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
गत भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा गरिएको आगजनीका क्रममा सखुवा प्रसौनी गाउँपालिका–२ सखुइ जमुनिया निवासी ४५ वर्षीया सोशीलादेवी हजरा गम्भीर घाइते भएकी थिइन्। उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो।
गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले मृतक हजराको परिवारलाई सहयोग स्वरूप १ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार मृतक महिलाका चार छोरी र एक छोरा रहेका छन्। हालै मात्रै वैदेशिक रोजगारीबाट फर्किएका उनका पति लालबाबु हजरा परिवारसँग रहेका छन्।